बढेश्वर मन्दिर छिन्नमस्ता मन्दिरको बायाँपट्टि अवस्थित छ। बढेश्वर महादेव भगवान शिवका विभिन्न रूपहरूमध्ये एक हुन्। व्युत्पत्तिगत रूपमा, संस्कृतमा “बढ” को अर्थ मार्नु वा नाश गर्नु हो र “ईश्वर” को अर्थ भगवान हो। त्यसैले, भगवान शिवलाई सम्पूर्ण वस्तुहरू नाश गर्ने शक्तिसहितको देवता पनि भनिन्छ। आवश्यकतानुसार, भगवान शिव आफ्ना भक्तहरूको रक्षा गर्न विभिन्न रूप धारण गर्नुहुन्छ।
२०७२ सालको (२०१५ ई.सं.) विनाशकारी भूकम्प ले मन्दिरका पर्खालहरू र अन्य संरचनाहरू ध्वस्त पारे पनि, बढेश्वर महादेवको मूर्ति अझै पनि मन्दिरभित्र सुरक्षित रूपमा अवलोकन गर्न सकिन्छ। यो मन्दिर गुठी संस्थानको अधिकारभित्र रहेको छ।