चण्ड नारायणको मूर्ति काठमाडौं उपत्यकाका उत्कृष्ट मूर्तिहरूमध्ये एक हो। यसलाई गरुड़ नारायण भनेर पनि चिनिन्छ। करिब १२०० वर्ष पुरानो यो मूर्ति ऐतिहासिक तथा धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। यसको महत्वलाई पहिचान गर्दै, नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नेपाली मुद्रामा चण्ड नारायणको चित्र अंकित गरेको छ।
कान्ति भैरव जात्राको समयमा, छिन्नमस्ता भगवतीको रथलाई केही समयका लागि चण्ड नारायणको अगाडि राख्ने परम्परा रहँदै आएको छ।