राष्ट्रपति पौडेलबाट ऐतिहासिक नगरकोट भ्रमण वर्ष-२०८२ को समुद्घाटन

नगरकोट: चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ऐतिहासिक नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ भएको छ ।

नगरकोटको बतासेडाँडामा एक भब्य समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले स्वामीको बिरुवामा पानी राखेर भ्रमण वर्षको औपचारिक रुपमा समुद्घाटन गर्नुभयो ।

सो अवसरमा वर्षभरि समेटिएको भ्रमण वर्ष पुस्तिका समेत विमोचन गरिएको थियो । यसअघि राष्ट्रपति पौडेलले शान्तिडाँडामा चाँगुनारायण नगरपालिकाद्धारा नवनिर्मित स्वागत स्तम्भको अनावरण गर्नु भएको थियो ।

सो अवसरमा स्वागत गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले नगरकाटको मात्रै नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने बताउनुभयो ।उहाँले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

केही समयअघि नगरकोट प्रमुख पर्यटकीय गन्तव्य भए पनि पूर्वाधार साथै अन्य अभावका कारण ओझेलमा पर्दै गएकै कारण नगरकोटलाई पहिलेकै अवस्थामा पर्यटकको चहलपहल बढाउन आफ्नो नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि बसेको नगरपालिकाको पहिलो बैठकबाटै भ्रमण वर्ष मनाउने निर्णय गरिएको र पछि अन्य पालिकासँग सहकार्य गरेर सामूहिक रुपमा मनाइएको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले चारै पालिका मिलेर आआफ्नो क्षेत्रबाट पर्यटन प्रबद्र्धनका लागि भ्रमण वर्ष आयोजना गरिनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले स्थानीय चार पालिकाले पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शुरु भएको भ्रमण वर्ष २०८२ लाई प्रदेश र संघ सरकारको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

देशी तथा विदेशी पर्यटकलाई आर्कषीत गर्न आवश्यक पूर्वाधारको निर्माण गर्दै लैजानुपर्नेमा जोड दिनुहुँदै पुरातात्विक, ऐतिहासिक हिसावले नगरकोटलाई केन्द्रमा राखेर पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

साँंस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता आँैल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटकीय क्षेत्र नगरकोटको पूर्वाधार विकास तथा विस्तारमा संघीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नगरकोटले पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको भन्दै पर्यटन मन्त्री पाण्डेले निजी क्षेत्रलाई निर्धक्क भएर पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले चारै वटा नगरपालिका मिलेर संयुक्त रुपमा नगरकोटको पर्यटन प्रबद्र्धनमा लागेकोमा खुसी ब्यक्त गर्नुहुँदै प्रदेश सरकारको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । स्थानीय सरकारसँग हातेमालो गरेर नगरकोटलाई माथि उठाउन प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले नगरकोट क्षेत्रलाई ओझेलमा पार्ने कार्य भइरहेको अवस्थामा चार नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गर्नु सराहनीय र स्वागतयोग्य काम भएको बताउनुभयो ।

कार्यक्रम आयोजनक समितिका संयोजक तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा बनेपाका नगर प्रमुख शान्ति रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम नगरकोट भ्रमण वर्षका फोर्कल पर्सन डा. घनश्याम खतिवडाले सञ्चालन गर्नु भएको थियो ।

राष्ट्रपति पौडेल – उद्घाटन
भक्तपुर, १ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नगरकोटमा आयोजित ‘नगरकोट भ्रमण वर्ष’का अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/themes/bhaktapur/partials/single-festival/guide_book.php on line 20

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/themes/bhaktapur/partials/single-festival/guide_book.php on line 23