जातजाति र धर्म

पालिकाको पार्श्वचित्र २०७६ अनुसार खाँदवारी नगरपालिकामा हिन्दु, बौद्ध, किरात, इसाइ, मुस्लिम र जैन मार्गमा आस्था राख्नेहरुको वासेवास पाइन्छ ।

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 149

Warning: Invalid argument supplied for foreach() in /home/nagarkotbhraman/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 149

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 157

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 166

जातीय विविधता रहेको यस नगरपालिकामा ३७ भन्दा वढी जातिहरुको वसोवास रहेको छ जसमा ब्राह्मण, क्षेत्री, राई, नेवार, तामाङ, लिम्वु, शेर्पा, भोटे, खालिङ, घले, ठकुरी, गुरुङ, मगर, कुमाल, कामी, दमाई, नेवार, सुनुवार, भुजेल, धिमाल, माझी, सार्की लगायत मधेशीमुलका मारवाडी, थारु, यादव, ठाकुरहरु रहेका छन । जसमध्ये क्षेत्री, राई, नेवार, ब्राह्मण (पहाडी), तामाङ, कामी, गुरुङ र मगर जातिहरुको वाहुल्यता रहेको पाइन्छ भने कुमाल, शेर्पा, दमाई, सार्की, कुलुङ, लिम्वुहरु सामान्य रहेको छ । त्यसैगरी भोटे, दशनामी, माझी, भुजेल, याक्खा, याम्फु, मारवाडी, थारु, खालिङ, घले, मुस्लिम, ल्होमी, ठाकुर, सुनुवार आदिहरु न्यून संख्या रहेको छ । नगरपालिका पार्श्वचित्र २०७६ अनुसार आदिवासी जनजाति ( करीव ६१.७५ प्रतिशत) र ब्राह्मण क्षेत्री ( करीव २६.१२ प्रतिशत) दलित ( १०.४५ प्रतिशत) रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ब्राह्मण र क्षेत्रीको २८ प्रतिशत, राई करीव १६.१५ प्रतिशत, नेवार ९.४ प्रतिशत, तामाङ ७.५८ प्रतिशत, कामी ७.२१ प्रतिशत, गुरुङ ६.५५ प्रतिशत र मगर ६.०५ प्रतिशत थियो भने कुमाल, शेर्पा, दमाई, सार्की, कुलुङ र लिम्वु क्रमश: ३.३४, २.७७ २.६६, १.८९/१.४६ र १० प्रतिशत थियो

पालिकाको पार्श्वचित्र २०७६ अनुसार खाँदवारी नगरपालिकामा हिन्दु, बौद्ध, किरात, इसाइ, मुस्लिम र जैन मार्गमा आस्था राख्नेहरुको वासेवास पाइन्छ । सवै धर्मालम्वीहरुको वसोवास रहेको यस क्षेत्रमा धार्मिक दृष्टिकोण अनुसार समाजमा आपसी सहिष्णुता र सदभाव पाइन्छ । संख्यात्मक हिसावमा हिन्दु धर्मालम्वी ७० प्रतिशत, वौद्ध धर्मालम्वी २० प्रतिशत, किरात धर्मालम्वी ७ प्रतिशत र इसाई २ प्रतिशत रहेको छ । मुस्लिम र जैन धर्ममा आस्था राख्नेहरु अत्यन्तै न्यून करीब ०.१ प्रतिशतमा रहेको छ । यस सम्वन्धी विस्तृत विवरण ग्राफचित्रमा उलेख् गरिएको छ ।

कुमाल जाति

कुमाल जाति

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/themes/bhaktapur/partials/flexible-content/two_column_text_block_with_image.php on line 23

Notice: Trying to access array offset on value of type bool in /home/nagarkotbhraman/public_html/wp-content/themes/bhaktapur/partials/flexible-content/two_column_text_block_with_image.php on line 26

संखुवासभाको तुम्लिङ्गटार, आँखीभूई, चैनपुर कुमाल गाउँ, मादी आदि ठाउँमा कुमाल जातिहरु बसोबास गर्दछन् । केही कुमालका थर क्षेत्री बाहुनसँग मिल्दाजुल्दा पनि भेटिन्छन् जस्तैः मुडुला, पाठक, भट्टराई आदि । क्षेत्री बाहुनसँग नमिल्ने थरहरु ढाले, माझी, हलिदे, दूधपाउ, मुडुला, नौला, फाकने, ठिमी, सिम्पाने आदि हुन्। यी कुमालजातिको उत्पत्ति सम्बन्धी तुम्लिङ्गटारमा प्रचलित मिथक यस्तो रहेको छः

नेपाली समाजमा परम्परागत जाति विभाजन प्रथा अनुसार बाहुनले बाहुन बाहेक अन्य कुनै पानी चल्ने जातकी केटीसँग विवाह गरेमा उनीहरुबाट जन्मिएका सन्तान खत्री क्षेत्री हुन्थे। परम्परागत जाति विभाजन प्रथा अनुसार पानी नचल्ने भनिएका दलित जातसँग विवाह भएमा भने उनीहरुका सन्तान दलित नै हुने गर्थे । यस मिथकका पात्र एकजना उपाध्याय बाहुनको पहिलो विवाह बाहुनीसँगै भई उनीहरुबाट केही सन्तानको जायजन्म भयो । कालान्तरमा ती बाहुन एकजना मतवाली जातकी केटीको मायाजालमा परे र तिनलाई कान्छी श्रीमती बनाए, उनीहरुबाट पनि जायजन्म भयो । बाहुनले दुवै श्रीमतीलाई बराबरी माया गर्थे तर जेठी श्रीम्ती अलिक छुच्ची थिइन् उनले सौता र सौताका छोराछोरीलाई पाखा लगाउने विचार गरिन् । उनलाई आफ्ना शक्तिशाली र दरबारमा पहुँच भएका माइतीको आड थियो । बाहुनलाई कान्छी स्वास्नी र तिनबाट जन्मेका छोराछोरी त्याग्नु पर्ने नत्र बाहुनलाई जातबाट हटक गरेर मतवालीमा झारिदिने धम्की आउन थाल्यो। निरीह बाहुनले आफ्‌नो जात गुमाउनु भन्दा कान्छी श्रीमती त्याग्नु नै उचित ठानी तिनलाई त्यागिदिए । श्रीमानबाट परित्यक्त ती महिला र तिनका छोराछोरीको कन्तविजोक भयो । छोराछोरी अलिक हुर्किएपछि जीविकाको कुनै उपाय नभएर उनीहरु खोलामा माछा मारेर बेच्ने काम गर्न थाले । खोलाको माझमा गएर माछा मार्ने भएकाले उनीहरुलाई माझी भनियो। त्यो पेशाबाट मात्र जीविका नचल्ने भएपछि उनीहरुले वैकल्पिक पेशाको रुपमा माटाका भाँडा अथर्थात हाँडी, गाग्रा, घैटा, घ्याम्पा, आदि बनाएर बेच्न थाले । धातुका भाँडाभन्दा सस्तोमा पाइने भएकाले समाजमा माटाका भाँडाहरु लोकप्रिय हुँदै गए । धातुका भाँडालाई माल भन्ने चलन थियो तर माटाका भाँडा कमजोर भएर प्याट्ट फुट्‌ने हुँदा ती भाँडाहरुलाई माल नभनेर कुमाल भन्न वालियो र कालान्तरमा माटाका भाँडा बनाउनेहरुलाई पनि कुमाल नै भन्न थालियो ।

परम्परागत जाति विभाजन प्रथा अनुसार कुमालहरु खत्रीक्षेत्री भएकाले जनै लगाउने गर्दथे । एकदिन एकजना – कुमालले चक्र घुमाएर भाँडा बनाउँदै गर्दा अचानक कटनी (चक्रबाट भाँडो उक्काउने धागो) चुँडियो, तब हतारमा अले आफ्नै जनै फुकालेर त्यसैको कटनी बनाए। कट्टर समाजमा उनको जनै फुकाल्ने काम ठूलो अपराध ठहरियो र सजाय स्वरुप राजाले उनलाई आइन्दा जनै लगाउन नपाउने र मदिरा सेवन गर्न’पर्ने आदेश दिए। यसरी उनीहरु क्षेत्रीबाट मतवाली जातमा परिणत भए । कुमालहरुले तत्कालीन नेपाल राजाका सैनिकमा पनि प्रवेश गरेका थिए औहरु ढाल र तरबार बोकेर युद्धमा भिड्ने गर्दथे । फलस्वरुप उनीहरुलाई ढाले भन्न थालियो र यही थर कायम भयो । केही कुमालहरु पूर्वतर्फ बसाइँ सर्ने क्रममा अरुण नदीसम्म पुगे। पौडी खेलेर अरुण तर्न सक्नेहरुले तुम्लिङ्गटारलाई आफ्‌नो थातथलो बनाए, अरुण तर्न नसक्नेहरु जति भोजपुरको माथेटार, फालीकोट आदि ठाउँमा बसे। कालान्तरमा अन्यत्रका कुमालहरु तुम्लिङ्गटारमा थपिने क्रम जारी रह्यो जसमा हलेसीबाट आएकाहरुलाई गौलदे, दूधपोखरीतिरबाट आएकाहरुलाई दूधपाउ, मुडुला चौरतिरबाट आएकाहरु मुडुला अनि जहाँबाट आएपनि स्याँ आएकाहरुलाई नौला भन्ने थर कायम गरियो ।