नगरकोट भ्रमण वर्ष: किन त?

धार्मिक, सांस्कृतिक, ऐतिहासिक, तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै चाँगुनारायण नगरपालिकालाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने अभियान

Visit Nagarkot Festival 2025

नगरकोट भ्रमण वर्ष: किन त?

  • चाँगुनारायण नगरपालिकामा रहेको नगरकोटका विशेषता सुर्योदय र सूर्यास्त मात्र नभई यहाँ वरपर रहेका धार्मिक तथा संस्कृतिक स्थलहरु समेत हुन् भन्ने विषय उजागर गरी ऐतिहासिक पौराणिक स्थलहरु समेतमा पर्यटकहरुलाई आकर्षित गर्न
  • विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वका पर्यटक, अध्ययन-अनुसन्धानकर्ता एवं हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु मार्फत सर्वपरिचित गराउन ।
  • चाँगुनारायण नगरपालिकामा चाँगुनारायण मन्दिरको अलावा त्रिशूलडाँडा,शान्ति डाँडा ,ज्योतिर्लिंगेश्वर, महादेवपोखरी, बाल्मीकेश्वर, भिमेश्वर, कल्पेश्वर, मच्छेनारायण, सरस्वती स्थान, फैढोका गणेश, मुहानपोखरी, रानी झुला ,ब्रम्हायणीहरु ,यातु महादेव, बोझीनी ड्याम, चट्टान अभिलेख लगायतका क्षेत्रहरुको समेत परिचय र महत्व उजागार गराइ नगरकोटमा आउने पर्यटकहरुको लागि अन्य क्षेत्रको समेत भ्रमण /दर्शन गर्न प्रोत्सोहित गर्न ।

मुख्य दृष्टिकोण

  • चाँगुनारायण नगरपालिकामा धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा, जीवजन्तु, चरचुरुङ्गीको अवलोकन दर्शनमा आधारित गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्ने ।
  • चाँगुनारायण नगरपालिकाको जनजीवनलाई विश्वस्त्तरमा सुपरिचित गराउने ।

उद्धेश्य

  • पर्यटन पूर्वाधार विकास मार्फत पर्यटन बजारको विकास विस्तार तथा सुदृढीकरण गर्ने ।
  • स्थानीय कला, भाषा साहित्य तथा संस्कृतिको प्रवर्द्धन, प्रचार प्रसार गरी सांस्कृतिक पर्यटनको विकास गर्ने ।
  • पर्यटकहरुको उचित सत्कार तथा सुरक्षा प्रवन्ध सहितको पर्यटकीय आवास ब्यवस्थापन गर्न सवै व्यवसायीलाई दायरामा ल्याई वर्गीकरण गरी, न्यूनतम सेवा सुबिधाको गुणस्त्तर मापदण्ड निर्धारण गर्ने ।
  • प्राकृतिक स्रोतहरुलाई संरक्षण उपयोग र व्यवस्थापन गरी ECO Tourism प्रवर्द्धन गर्ने ।
  • पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटन सूचना सञ्जालीकरण गर्ने ।
  • स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवर्द्धन गर्ने ।

अवसर

  • विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर यसको महत्व विशिष्ट रुपमा प्रचार गर्ने ।
  • यातु महादेव, ज्योतिलिङ्गेश्वर महादेव, मच्छेनारायण, बाल्मीकेश्वर, बागेहिटी (तीनतले शिवलिङ्ग), फैढोका गणेश लगायतका धार्मिक स्थलहरुबारे यथार्थ परिचय दिई पर्यटन प्रवर्द्धन गर्ने ।
  • त्रिशूल डाँडा, महादेव पोखरी, मुहान पोखरी, बोझिनी ड्याम, नापी नक्सा बेन्च मार्क,लगायतका ऐतिहासिक पुरातात्विक स्थलको प्रचार प्रसार गर्ने ।
  • रानीझुला पुल, जिप लाईन जस्ता मनोरञ्जनात्मक क्षेत्रहरुको प्रचार प्रसार गर्ने ।
    १०८ फिटको सरस्वती मूर्ति (निर्माणाधीन ) र १०८ फिटको कल्पेश्वर महादेव मूर्ति (निर्माणाधीन ) बारेमा जानकारी गराउने ।
    आन्तरिक पर्यटन प्रवर्द्धनमा ऐतिहासिक चट्टान अभिलेख लगायतको चाँगुनारायण नगरपालिका भित्रका समग्र पर्यटकीय क्षेत्रको जानकारी गरउने ।
    भारत चिन लगायत तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा वृद्धि गर्ने
    अन्तरिक पर्यटन पबर्दन गर्ने

क्षमता विकास कार्यक्रम

  • मानवीय एवं संस्थागत क्षमता विकासनिजि क्षेत्र समुदायको क्षमता विकास

पर्यटन पूर्वाधार विकास

  • चाँगुनारायण नगरपालिका वरपरका क्षेत्रमा र नगरकोट क्षेत्रमा पर्यटकहरुको पंहुच विस्तार गरी सौन्दर्यीकरण गर्ने ।

पर्यटन बजारीकरण तथा प्रवर्द्धन कार्यक्रम

  • चाँगुनारायण नगरपालिका भित्रका स्थानीय सम्पदाको विज्ञापन
  • बजारीकरण
  • वडा टोल स्त्तरका सम्पदाहरुको विज्ञापन
  • हस्तकला चित्रकला, थान्का आदिको बजारीकरण
  • स्थानीय उपभोग्य सामाग्रीहरुको विज्ञापन र बजारीकरण